इराकमा प्रदर्शन हिंसात्मक : कम्तीमा १५ जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा


काठमाडौं, भदौ १४। इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो । बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ ।

शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गर्नु भएकाे छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले हिंसा अन्त्यका लागि पहल गर्न र नागरिकलाई संयमता अपनाउन आग्रह समेत गर्नुभएको छ ।