पोखरामा जारी राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताको फाइनल आज


पोखरामा आज राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिताको फाइनल खेल हुदैं छ । लोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रमको आज अन्तिम खेलमा आठ समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

८ समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । आजको खेलमा धौलागिरी दोहोरी साँझ ओसाका क र दोहोरी प्रतिष्ठान गण्डकी र नगरकोट दोहोरी साँझबीच प्रतिस्पर्धा हुने छ । गाँउशहर दोहोरी साँझ पोखरा र नेप्को रोधीघर अष्टे«लियाबीच प्रतिस्पर्धा हुने छ ।

त्यसै गरी जुनकिरी रोधीघर काठमाडौं क र दोहोरी गीत प्रतिष्ठान लम्जुुङ ख बीच तथा दरबार दोहोरी साँझ ख र गबीच प्रतिस्पर्धा हुुने भएको छ । यसैगरी बराबरी भएका दोहोरी प्रतिष्ठान गण्डकी र नगरकोट दोहोरी साँझबीच आज पहिलो खेलमा प्रतिस्पर्धा हुने छ ।

चनको ७६ औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले कार्यक्रम आयोजना गरेको प्रतियोगिताका सहभागीहरु बीच तेस्रो चरणको प्रतियोगिता पुरा भएको हो । तेस्रो चरणमा १६ समूह प्रतिस्पर्धिा थिए । साउन १२ गते देखि पोखरा सभागृहमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सहभागिताका लागि विभिन्न जिल्ला र समूहबाट गरी ४८ टिमले भाग लिएका हुन ।

विजेतालाई प्रथम, द्धितिय, तृतीय, शान्त्वना र उत्कृष्ठलाई क्रमशः ६ लाख, ४ लाख, २ लाख र तीन समूहलाई ५० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिने छ । यता सहभागी समूह मध्येका २ टोलीलाई बेलायत र हंकन भ्रमणको अवसर दिने भएको छ । प्रतियोगितामा इन्द्रेणी कार्यक्रमले विभिन्न प्रस्तुतीहरु समेत दिदै आएको छ ।