पोखरामा जारी राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा पहिलो हुने होड्


काठमाडौं, साउन १६। पोखरामा आज राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिताको फाइनल खेल सुरु भएको छ ।अन्तिम प्रतिस्पर्धाको लागि चार समूह भिड्ने छन । नगरकोट दोहोरी साँझका कलाकार राजु केसी र डिला विक छन् ।

नेब्बो राधीघर अष्टे«लियाका कलाकार श्याम रानामगर र तारा थापा रहेका छ ।

जुनकिरी रोधीघर काठमाडौंका कलाकार शंकर क्षेत्री र बविता बानियाँ जेरी रहेका छन् ।

दरबार दोहोरी साँझ ग का कलाकार टेकराज भण्डारी र लक्ष्मी भण्डारी रहेका छन् ।

नगरकोट दोहोरी साँझ र नेब्बोका रोधीघर अष्टेलियाबीच प्रतिस्पर्धा हुने छ ।
यता जुनकिरी रोधीघर काठमाडौं कलाकार र दरबार दोहोरी साँझ ख बीच प्रतिस्पर्धा हुने छ ।

लोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रम चलेको हो ।
साउन १२ गते देखि पोखरा सभागृहमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा सहभागिताका लागि विभिन्न जिल्ला र समूहबाट गरी ४८ टिमले भाग लिएका हुन ।
विजेतालाई प्रथम, द्धितिय, तृतीय, शान्त्वना र उत्कृष्ठलाई क्रमशः ६ लाख, ४ लाख, २ लाख र तीन समूहलाई ५० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिने छ । यता सहभागी समूह मध्येका २ टोलीलाई बेलायत र हंकन भ्रमणको अवसर दिने भएको छ । प्रतियोगितामा इन्द्रेणी कार्यक्रमले विभिन्न प्रस्तुतीहरु समेत दिदै आएको छ ।

 

   -यमन पौड्याल\दिपक घिमिरे