दोहोरी गीत प्रतियोगिता दाजुुबहिनी र श्रीमान् श्रीमतीको भिड्न्त


काठमाडौं, साउन १६। पोखरामा जारी राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा दाजु बहिनी र श्रीमान् श्रीमतीको समूहबीच प्रतिस्पर्धा हुने भएको छ । खेलको अन्तिम चरणमा दैलेखका दाजुु बहिनी टेकराज भण्डारी र लक्ष्मी भण्डारी दरबार दोहोरी साँझ ग बाट सहभागी छन् । यता बाँके कोहोलपुरका श्रीमान श्रीमती शंकर श्रेणी र बविता बानियाँ जेरी जुनकिरी दोहोरी साँझबीच प्रतिस्पर्धा गर्ने भएका छन् । कलाकार टेकराज भण्डारी र लक्ष्मी भण्डारी सहोदर दाजु बहिनी हुुन । प्रतिस्पर्धी ४ समूह मध्ये प्रथम, द्धितिय, तृतिय र सान्तवनका लागि भिडेका छन् ।

 

   -यमन पौड्याल\ दिपक घिमिरे