नगरकोट दोहोरी साँझ र दरबार दोहोरी साँझ ग बीच पहिलो हुने प्रतिस्पर्धा


पोखरामा जारी राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा पहिलो हुनेसमूहबीच प्रतिस्पर्धा सुरु भएको छ । नगरकोट दोहोरी साँझका कलाकार राजु केसी र डिला विक छन् भने दरबार दोहोरी साँझ ग का कलाकार टेकराज भण्डारी र लक्ष्मी भण्डारीबीच प्रतिस्पर्धा सुरु भएको छ । तेस्रो र सान्तवना पुुरस्कारका लागि
जुनकिरी रोधीघर काठमाडौंका कलाकार शंकर क्षेत्री र बविता बानियाँ जेरी र
नेब्बो राधीघर अष्टे«लियाका कलाकार श्याम रानामगर र तारा थापाबीच प्रतिस्पर्धा भएको छ । अबको केही समयमा अन्तिम नतिजा आउने छ ।
लोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रम चलेको हो ।
साउन १२ गते देखि पोखरा सभागृहमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सहभागिताका लागि विभिन्न जिल्ला र समूहबाट गरी ४८ टिमले भाग लिएका हुन ।
विजेतालाई प्रथम, द्धितिय, तृतीय, शान्त्वना र उत्कृष्ठलाई क्रमशः ६ लाख, ४ लाख, २ लाख र तीन समूहलाई ५० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिने छ । यता सहभागी समूह मध्येका २ टोलीलाई बेलायत र हंकन भ्रमणको अवसर दिने भएको छ । प्रतियोगितामा इन्द्रेणी कार्यक्रमले विभिन्न प्रस्तुतीहरु समेत दिदै आएको छ ।