राष्ट्रिय खुल्ला दोहोरी गीतमा नगरकोट दोहोरी साँझ विजयी


काठमाडौं, साउन १७।  पोखरामा १२ गते देखि जारी राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ प्रथम भएको छन् । यो समूहका कलाकारमा राजु केसी र डिला विक रहेका छन् ।
दोस्रोमा दरबार दोहोरी साँझ समूह विजयी भएको छ । यो समूहमा कलाकार टेकराज तेस्रोमा जुनकिरी रोधीघर काठमाडौं र नेब्बो रोधीघर अष्टे«लिया समूह विजयी भएका छन् । जुनकिरी समूहका कलाकार शंकर क्षेत्री र बविता बानियाँ जेरी रहेका छन् । यी पनि श्रीमान श्रीमती हुन । रोधी घरका कलाकार श्याम रानामगर र तारा थापा रहेका छ ।

यस्तै उत्कृष्ठ कलाकारमा महिला तर्फ सिता परियार भएकी छन भने पुुरुष तर्फ उत्कृष्टमा सुमन खड्का भएका छन् । त्यसैगरी अनुसाशन तर्फ धौलागिरी दोहोरी समूह ओशका जापानका शान्ता वली र निशान विक रहेका छन् । तीन जनाले ५० हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । नर्वप्रतिभा पुरस्कारमा जुनेरी दोहोरी साँझकी शान्ती कार्की रहेकी छन् ।नर्वप्रतिभा पुरस्कारमा जुनेरी दोहोरी साँझकी शान्ती कार्की रहेकी छन् । नर्वदिप उत्कृष्ट गायीकाको रुपमा मिना रायमाझी पुरस्कृत भएकी छन् ।

लोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रम चलेको हो । वरिष्ठ कलाकार तथा सर्जक कल्याण शेरचनको ७६ औं जन्मजयन्तिको अवसरमा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवम् ईन्द्रेणी कार्यक्रम – २०७९ मा साउन १२ गतेबाट सुरु भएको हो प्रतियोगितामा ४८ समूह सहभागी भएका हुन ।

कार्यक्रममा आयोजना गर्नमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको छ । यो कार्यक्तम सञ्चालन गरी बचत रहेको रकमबाट कल्याण शेरचनको शालिक निर्माण गर्ने संस्थाका अध्यक्ष क्याप्टेन पूर्ण गुरुङ हेल्मोले जनाएका छन् । समापन कार्यक्रममा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कंडले यस कार्यक्रम सञ्चालनमा मुख्य भूमिका निर्वाह गरेका भन्दै सम्मान समेत गरेका हुन । कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले शेरचनको सालीक निर्माणको लागि १० लाख रुपैयाँ दिएको हो ।