एमालेको आरोप : विप्लवलाई भड्काएर सरकारले शान्ति बिथोल्न खोज्यो


काठमाडौं, साउन १७। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको सोमबार बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति बिथोल्न खोजेको आरोप लगाए।

उनले भने, ‘हिंसाको बाटोमा हिँडेको विप्लव समूहलाई ओली सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याएको थियो। तराईको सिके राउतलाई पनि शान्ति प्रक्रियामा आइसकेपछि जनतामा पर्न गएको हिंसाको डर अन्त्य भएको थियो। अब शक्तिको साथ बाच्न पाइन्छ भन्ने परेको थियो।’ उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तर अघि बढ्न पर्नेले अनेक बहानामा काटेको पत्र फिर्ता लिन माग गरे। \

‘सरकारले अहिले अनेक बहानामा पत्र काट्ने र फेरि उहाँहरुलाई विवश भएर फेरि त्यही बाटो रोज्न उद्धत गर्ने बाटोमा लागेको छ। यो कामबाट सरकार तत्काल पछि हट्न र पत्र फिर्ता लिन माग गर्छु’ उनले भने, ‘शान्तिपूर्ण बाटोमा आएर पार्टी दर्ता गरेर अघि बढ्न खोज्नेका विरुद्ध सरकारले चालेकाे कदमको ध्यानाकर्षण गर्छु।’