बङ्गलादेशसँग बराबरीमा राेकिएकाे नेपालकाे फाइनल पुग्ने आसा माल्दिभ्सकाे हातमा


काठमाडौं, साउन १७। २० वर्षमुनिकाे साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेकाे छ । भुवनेश्वरकाे कालिङ्गा रङ्गशालामा भएकाे खेलमा नेपालले बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेलेकाे हाे । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । दुवै टाेलीबाट अवसर बने पनि गाेल भने हुन सकेन । दुवै गाेल दाेस्राे हाफमा भयाे ।

खेलकाे ६३ औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर त्यसकाे पाँच मिनेटमा नै नेपालका लागि निरञ्जन मल्लले गाेल गर्दै खेल एक–एक गाेलकाे बराबरीमा ल्याए । यसअघि दाेस्राे हाफकाे सुरुमै दुवै टाेलीबीच हात हालाहालसम्म भएकाे थियाे । खेलाडीबीच झगडा हुँदा रेफ्रीले नेपालका मैदानमा रहेका दिपेश गुरुङ र बेन्चका वैकल्पिक खेलाडी राेहित सुब्बालाई राताे कार्ड देखाए । यस्तै बङ्गलादेशका साहिदुल इस्लामले दाेस्राे पहेँलाे कार्डसँगै राताे कार्ड पाए । दुै टाेलीबीचकाे झगडाले खेल केहीबेर तनावग्रस्त बनेकाे थियाे ।

याे बराबरीसँगै बङ्गलादेश चार खेलका १० अङ्ककासाथ तालिकाकाे शीर्ष स्थानमा रहँदै फाइनल पुगेकाे छ । नेपाल चार खेलमा सात अङ्क जाेड्दै तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । एक खेल कम खेलेकाे भारत भने ६ अङ्कसहित तेस्राे स्थानमा छ । आज बेलुकी सवा ६ बजे भारत र माल्दिभ्सबीच हुने खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ । भारतले माल्दिभ्ससँग हारेमा मात्रै नेपाल फाइनलमा पुग्नेछ । माल्दिभ्ससँग भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा नै सकिनेछ ।