श्री एयरको शौचालयमा धुँवा देखिएपछि आकस्मिक अवतरण


काठमाडौं, साउन १९। नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।

उडेको केहीबेरमा विमानको शौचालयमा धुँवा उडेको इन्डिकेटरले देखाएपछि १० किलोमिटर पर पुगेको विमान नेपालगञ्ज मै आकस्मिक अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ। जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए। जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ।