मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते घोषणा


सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लगेको हो । निर्वाचन आयोगमा पदाधिकारी र सरकारबीच मंसिरमा एकै चरणमा निर्वाचन गर्न सकिने विषयमा सिफारिस गरिसकेको छ ।