भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, भदौ १६। भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले बिहीबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ ।

यस्तै, हवाई इन्धन ८ रुपैयाँले बढेर आउँदा खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेर आएको निगमले जनाएको छ । आईओसीले निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउदै आएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्ने बताइएको छ ।