राष्ट्रिय सभा बैठकबाट आजै नागरिकता विधेयक पारित गर्ने तयारी


काठमाडौं, भदौ १७। राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ः५९ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धित विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । उक्त विधेयक शुक्रबार नै गृहमन्त्री बालकृष्ण खांणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।