सत्ता गठबन्धनमा अहंकार : भट्टराई

राष्ट्रियसभाका सदस्य तथा नेकपा एमालेका नेता खिमलाल भट्टराईले सत्ता गठबन्धनका नेताहरुमा अहंकार देखिएका बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा विधान व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उनले सभामुखको भूमिकामा पनि प्रश्न उठाएका हुन ।

उनले भने, ‘सभामुख पनि लोकतन्त्रमा एउटा संस्था हो, त्यो संस्था रोबोटजस्तो भयो कि १ समन्वय गर्ने सभामुखको दायित्व हो । विषयवस्तुलाई छलफलमा लैजाने भूमिका सभामुखको हो तर सभामुखको भूमिका संस्थागत रुपमा चलेको देखिएन ।’

उनले राष्ट्रपतिले नेपाली सेनाका बहालवाला उच्च अधिकारी तथा अवकासप्राप्त अधिकारीलाई भेटेको विषयलाई विवादमा तानिएकोमा पनि आश्चर्य प्रकट गरे । उनले राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपति बनाएको उल्लेख गर्दै त्यो संस्थाका पदाधिकारीसँग भेट गर्नुलाई अन्यथा लिन नहुने बताए ।

नागरिकताको विषय समवेदनशीन र गम्भीर रहेको प्रस्ट पार्दै उनले अंगीकृत नागरिकताका लागि एउटा अवधि राखौं भन्ने धारणा आफ्नो पार्टी नेकपा एमालेले राख्दै आएको बताए ।

उनले नेपाली छोरीले भारतीय पुरुषसँग विवाह गरेको खण्डमा त्यो छोरीलाई भारतीय नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने प्रावधान रहेको तर भारतीय बुहारी भित्र्याउनासाथ नागरिकता दिने प्रावधान आफैमा विभेदकारी रहेको बताए ।