प्रसंशा संरक्षण समुहबाट इन्द्रेणी कार्यक्रमका सञ्चालक कंडेल सम्मानित


गौरा पर्बको अवसरमा प्रसंशा संरक्षण समुहबाट कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कंडेल सम्मानित भएका छन् । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा इन्द्रेणी कार्यक्रमका अध्यक्ष तथा संचालक कृष्ण कंडेललाई प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान गरेका हुन । सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाएका हुन ।

उनीहरुले गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाएका हुन । धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ आज गौरा पर्वको अन्तिम र महत्त्वपूर्ण दिन हो । शुक्रबार अमुक्ताभरण सप्‍तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरूले गौराखला ९आँगन० मा लगेर पूजा गर्ने चलन छ ।

अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको विशेष महत्त्व छ । सोही सिलसिलामा सुदूरपश्चिमबाट काठमाडौँ आई बसोबास गर्ने सर्वसाधारणहरूले पनि गौरा पर्व मनाएका हुन । सुदूपश्चिमेलीमा गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ ।