स्वास्थ्य मन्त्री खापुङ र कांग्रेस महामन्त्री थापा इन्द्रेणीको स्टुडियोमा, एकै पटक ४ सय भन्दा बढि मृगौला पीडितको उपस्थिति


काठमाडौं, भदौ १९। मृगौला पिडितयिटकामुगौला पीडित सरोकार समाज नेपाल र इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको आयोजनामा मृगौला रोग सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न आयोजना गरेको छ । कार्यक्रममा ४ सय भन्दा बढि मृगौलासम्बन्धी समस्या भएका विरामीहरु सहभागी भएका हुन । कार्यक्रममा सरोकार समाजका प्रतिनिधिहरुले मृगौला रोग रागेको विरामीहरुको उपचार खर्चको व्यवस्थाको लागि सरकारले थप सहयोग गर्नु पर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ र पूर्व स्वास्थ्य तथा नेपाली कांग्रेसमा महामन्त्री गगन थापा सहभागी भएका हुन । सरोकारवाला समाजले मन्त्रीलाई आफुहरुले भोग्नुपरेको समस्या, आगामी दिनमा सरकारले पीडितहरु प्रति गर्नुपर्ने व्यवहार, राज्यकोषबाट उपचारमा प्रयाप्त सहयोग गर्नुपर्नेलगायतका बुदाँहरु समेटि ज्ञापन पत्र बुझाएका हुन । इन्द्रेणी कार्यक्रम मार्फत विगत बर्षहरुदेखिनै क्यान्सर, मृगौलालगायतका जटिल प्रकारका रोगको उपचारमा सहयोग गर्दै आएको छ ।

इन्द्रेणीको स्टुडियोमा सञ्चालित कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक, प्राध्यापक तथा सरोकारवाहरुको सहभागीत भएको हो । सहभागीहरुले आफुहरुलाई अंग प्रत्यारोपणमा कानूनी समस्या भएको, स्थानीय तहमा उपचार नहुदाँ शहरमा केन्द्रित हुदां निकै आर्थिक भार परेको, परामर्शताको अभाव, स्वास्थ्य विमा गरेपनि प्राप्त गर्न निकै सास्ती जस्ता जनसारोकारका विषयलाई तत्कालै समाधान गर्नुपर्ने भन्दै मन्त्री खापुङको ध्यानर्कषण गराएका हुन । परिवारको एक सदस्य विरामी हुदाँ सिंगो परिवारलाई नै समस्या हुने गरेको उपचारमा सबै सम्पत्ती खचिदां गरिबीको रेखामुनी अन्य परिवारहरु बाच्नुपरेको जस्ता पीडा सुनाएका हुन ।

उनीहरुलाई कम्तीमा पनि दिनकै मृगौला समस्याका विरामीहरु बढेदै गएकाले कम्तिमा पनि एक स्थानीय तहमा एक डायनोसि सेन्टरको स्थापना भएमा आम पीडितलाई रोग राखेपछि पनि घर परिवारलाई केही सहज हुने भन्दै व्यवस्था गर्न सरकारसंग माग गरेको छ । कार्यक्रमा पुर्व मन्त्री तथा कांग्रेस नेता गगन थापाले आफू स्वास्थ्यमन्त्री भएको समयमा स्वास्थ्य क्षेत्र र जटिल प्रकारका रोगको उपचारका लागि आवश्यक कानूनी र नीतिगत व्यवस्थाको सुरुवा गरेको भन्दै केही कार्यान्वयमा गएका र केही कार्यान्वयनकै चरणमा भएको अबकाा दिनमा विस्तारै सबै समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । कार्यक्रमाम प्रमुख अतिथि स्वास्थ्य मन्त्री खापुङको विरिामीहरुका गुनासो निकै चासोका साथ सुनी आगामी दिनमा गर्न सकिने कामको विषयमा सुरुवात गर्ने बताएका छन् ।

स्वास्थ्य विमासम्बन्धमा बीमा कम्पनी र सरकारका विचमा विभिन्न चरणमा छलफलहरु भैरहेको भएपनि बीमा कार्यान्वयमा अझै पूर्णता नपाइको प्रति चासो व्यक्त गरेका छन् ।मन्त्रीले आफु मातहतका निकायलाई स्वास्थ्य उपचार, सल्लाह र कानूनी सेवा प्रवाहमा कुनै पनि कमि नराखी छिटोछरिटो र प्रभावकारी सेवा दिन आफु दिढ रहेको बताए । अहिले सरकारले जटिल प्रकारका रोगका लागि मासिक भत्ताको समेत व्यवस्था गरेको भन्दै आफ्नो स्थानीय तहमा पुगी सो सुविधा उपभोग गर्न सबैमा आग्रह गरेका छन् ।