जेष्ठ नागरिक स्वास्थ्य सेवा र सन्देश अभियान सुरु


वरिष्ठ कलाकारहरुले जेष्ठ नागरिक स्वास्थ्य सेवा र सन्देश अभियान सुरु गरेका छन् । जेष्ठ नागरिकका हकमा समयमा शुलभ र सहज स्वास्थ्य उपचारको व्यवस्था, राम्रो हेरचाह, आवश्यक वातावरण, स्वस्थ जीवनशैलीमा घरपरिवार। समाज र राज्यले ध्यान दिनुपर्ने भन्दै अभियान थालेका हुन ।

जेष्ठ नागरिकको जीवन जटिल र सम्वेदनाशील रहेको भन्दै नागरिकका मुल समस्या शुलभ स्वास्थ्य सेवाका साथै शारीरिक, मानसिक रुपमा स्याहारको अवश्यक भएको बताएका हुन । यो अभियानमा जेरियाट्रिक सोसाइटीङ अफ नेपाल, इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका साथै अन्य सामाजिक संस्था तथा व्यक्तिहरु जोडिर्दै जाने बताएका छन् ।

दुर्गम स्थानहरुमा सप्ताहव्यापी स्वास्थ्य सेवा तथा जनसचेतचनामुलक संगीतिक कार्यक्रम मार्फत अभियान थाल्ने भएको हो । यस्तै राजधानीमा जेष्ठ नागरिकका लागि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएका छन् । घुम्ती स्वास्थ्य सेवाका साथै अस्पताल सञ्चालन गरि सेवा गर्ने अभियान्ताहरुको लक्षय रहेको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी पदाधिकारी सदस्य तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीै प्रसाद खापुङको समेत सहभागिता भएको हो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिका र जेष्ठ नागरिकको हेरचारमा घरका सदस्य जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

इन्द्रेणी कार्यक्रममा स्टुडियोमा आज भएको कार्यक्रममा मन्त्री रेग्मीले हरेका घरमा बुढापाकालाई सम्मान दिन सकेमा मात्र अग्रहको सम्मानहुने बताएकी हुन । छोराछोरी र हुने पग्नेहरुले बेवास्ता गरेकै कारण धेरै जेष्ठ नागरिकहरु बृद्धाश्रममा बस्न बाध्य भएको पक्षलाई उजागर गर्दै मन्त्री रेग्मीले परिवारबाटै उनीको सम्मान र स्यहारसुसार गर्नु आम नागरिकको कर्तव्य हुने बताइन ।

अपाङगता भएका बालबालिका र जेष्ठ नागरिकको हेरचाहका लागि राज्य स्तरबाट केही हदसम्म भएपनि सहयोग गर्ने कार्यक्रम भएकाले प्रभाावित सबै नागरिकले आफ्नो स्थानीय तहमा सम्पर्क गरी सुविधा लिन अग्रसर हुनु आग्रहसमेत गरिकी छन् । जटिल प्रकारा विरामीका लागि वर्तमान सरकारले मासिक सुविधाको व्यवस्था गरेसँगै नियमित औषधी सेवन गर्नेहरुका लागि राहात भएको उनको भनाई छ ।

छाहारी नाम दिइएको यो अभियानमा विशेषत कलाकारहरु बरिष्ठ जनवादी गायक जीवन शर्मा, वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, गायक शिरि योगी, इन्द्रेणी कार्यक्रममा सञ्चालक तथा समाजसेवी कृष्ण कंडेल गायक पुष्पन प्रधान रहेका छन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्री, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाललगायत विभिन्न क्षेत्रका विशिष्ठ महानुभावहरुको सहभागीता भएको हो ।यो अभियान विभिन्न माध्यममार्फत सुरु भएको आयोजकले जनाएका छन् । संस्थाको बारेमा थप जानकारीका लागि www.gsn.org.np लग अन गर्न सकिने व्ययवस्था छ ।