दशैंका लागि लामो दूरीमा असोज १ गतेबाट टिकट बुकिङ खोल्ने प्रस्ताव


दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गेत देखि खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ट्राफिक प्रहरीबिच भएको छलफलमा असोज १ देखि नै टिकट बुकिङ खोल्ने सहमति भएको हो ।

यातायात विभागले आज दशैंको लागि यातायात व्यवस्थापन,रुटपरमिट लगाएतको बिषयमा छलफल गर्न सम्बन्धित निकायलाई बोलाएको थियो । यातायात व्यवसायीहरुले असोज १ अथवा पहिलो सातादेखि टिकट खोल्ने प्रस्ताव राखेको छन् ।

यातायात व्यवसायीले टिकट बुकिङको प्रस्ताव राखे पनि निर्णय भइ नसकेको यातायात विभागले जनाएको छ । हरेक वर्ष राजधानीमा विभिन्न पेशा व्यवसाय तथा अध्ययनरत गरी २ लाख भन्दाबढि मानिसले राजधानी छाड्ने गरेका छन् ।