उत्कृष्ठ नतिजा ल्याउने ऋचा सह शिक्षा सदन पुरस्कृत


५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा ऋचा सह शिक्षा सदन चन्द्रागिरी नगरपालिका १ दहचोक काठमाडौं विद्यलाय सम्मानित भएको छ । विद्यलाय, शिक्षक तथा विद्यार्थीहरुलाई चन्द्रागिरी नगरपालिकाकाले आज सम्मान गरेको हो ।

साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने मुख्य नाराका साथ मनाईएको दिवसमा ऋचा सह शिक्षा सदन नगरपालिकाका विद्यालयहरुमा उत्कृष्ठ दोस्रो भएको भन्दै नगरपालिका शिक्षकलाई समेत सम्मान गरेको हो । एसइई २०७८ को परीक्षा नतिजाका आधारमा चन्द्रागिरी शिक्षा तथा खेलकुद शाखाले औषतको आधरामा उत्कृष्ठ ३ विद्यालय र शिक्षकलाई सम्मान गरेको हो । यसरी ऋचा सह शिक्षा सदनका सम्मानित हुने शिक्षकहरुका नेपाली शिक्षक उर्वशी थापा, अतिरिक्त गणितका शिक्षक तथा प्रधान्ध्यापक सतिस खड्का र लेखा शिक्षक विवेक दवाडी विषयका शिक्षकहरु प्रथम भएका हुन ।

विद्यलायका सञ्चालक प्रमुख नवराज खड्कालाई विद्यलायको तर्फबाट सम्मानित गरिएको हो । तीन दर्शक भन्दा बढि निरन्तर रुपमा शिक्षा क्षेत्रमा योगदान, लगानी र समय खर्च गरिरहेका सञ्चालक खड्क यसअघि बढि सामाजिक तथा शैक्षिक सम्मान तथा पुरस्कारहरुबाट सम्मानित हुदै आएका छन् । राजधानीका पश्चिमी भेगमा शिक्षा प्रेमी खड्काको शैक्षिक क्षेत्रमा निकै योगदान रहेको छ । पुरस्कृत हुनेहरुलाई चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले सम्मान गर्नुभएको हो ।