आज गायिका अरुणा लामाको स्मृति दिवस मनाइँदै


काठमाडौं, भदौ २४। नेपाली गायन क्षेत्रका सुप्रसिद्ध गायिका अरुणा लामाको आज स्मृति दिवस मनाइँदै छ । २००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको २०५४ साल माघ २२ गते काठमाण्डौमा निधन भएको थियो ।

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँको गीति यात्रा अघि बढेको थियो । उहाँका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका धेरै गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।