इन्द्रेणी काार्यक्रममा आर्थिक सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्न्धीत व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार छ ।

इन्द्रेणी कार्यक्रममा चर्चित गायक रमेशराज भट्टराई र सर्मिला श्रेष्ठ, कृष्ण कंडेल र निशा गुरुङबीच दोहोरी गीत चलेको हो । यता टसबहादुर गुरुङ र लक्ष्मी नेपाल तथा मिना रायमाझी र गोरर्खाली दाई बीच निकै कडा दोहोरी गित प्रस्तुत भएको हो । यी कलाकारबीच भएको दोहोरी युटुव च्यानल इन्द्रेणी डटकमबाट हेर्ने र सुन्न सकिन्छ ।

२०७९ साल भदौं २७ गते हस्तान्तरण भएको रकमको विवरण

१. शन्त बहादुर सिन्तान मकवानपुर दुवै मृगौला फेल १०,०००।
२. विक्रम तामाङ दोलखा व्रेन हयामेज २०,०००।
३. पार्वती अधिकारी नवरपरासी मृगौला फेल २०,०००।
४. कमला तामाङ कैलाली रगत क्यान्सर १५,०००।
५. दिपक धामी बजाङ मृगौला फेल २०,०००।
६. रुद्ध बहादुर विक पूर्वी रुकुम मृगौला फेल २०,०००।
७. सोभित घिमिरे सिन्धुपालचोक रगत क्यान्सर १५,०००।