महाबौद्ध क्षेत्रका अवैध संरचना हटाउँदै महानगर


काठमाडौं, भदौ २९। काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रका फुटपाथ हटाउन थालेको छ। महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरू, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएकाले हटाउन लागेको महानगरपालिकाले जनाएको छ।

अनाधिकृत रुपमा बनेका संरचना हटाउन निर्देशन दिइएको काठमाडौ नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए। बुधबार नगर प्रहरीले माइकिङ गर्दै हटाउन निर्देशन दिएको छ। भोलिसम्म नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको महानगरले जनाएको छ। काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरु, नक्सा विपरीत प्रयोग भएका वेसमेन्टहरु, मापदण्ड विपरीत होर्डिङ बोर्डहरु हटाउँदै आएको छ।