चीन तर्फका रसुवागढी र तातोपानी नाका खुले


करिब २ महिना पछि नेपाल र चीनबीचको रसुवागढी र तातोपानी नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै एकातर्फी बन्द गरेको नाका पुनः सञ्चालनमा आएको हो ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नाका खोल्ने आश्वसन दिए लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएको हो ।साउन २५ गते देखि बन्द रहेको रसुवागढी नाका आज बिहीबार देखि सञ्चालनमा आएको छ ।

नाका सञ्चालनमा आएसँगै यस अघि रोकिएर बसेको बस्तु बोकेर ७ कन्टेर नेपाल भित्रिएका छन् भने थप ७ वटा साँझसम्ममा भित्रिने जिल्ला प्रशासन कार्यकलय रसुवाले जनाएको छ ।

यस्तै तातोपानी नाका पनि आजैबाट खुलेको छ । तातोपानी नाका गत साउन २१ गते देखि बन्द रहेको थियो । कोरोना संक्रमणको कारण देखाउदै चीनले करिव ३ वर्षदेखि उत्तरी नाकालाई पुर्णरुपमा सञ्चालनमा आउन दिएको छैन । कहिले एक तर्फ नेपालका सामान पढाएपनि नेपालबाट निकासी पौठारी हुने सामानमा रोक लगाएको थियो ।