मेयर बालेनले डेङ्गुका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले डङ्गु संक्रमित विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेका छन् । डेङगुकाा विरामीको शंका लागेमा फोन गरेर महानगरपालिकाको सेवा लिन अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सूचना दिँदै ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका हुन । ‘डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने,’ मेयर शाहले भनेका छन्, ‘आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’ सामाजिक सञ्जाल मार्फत नगरबासीमा आग्रह गरेका हुन ।
काठमाडौंमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ। हुम्ला र मुस्ताङ बाहेका सबै जिल्लामा १० हजार भन्दा बढि संक्रमति भएका छन भने ६ जना भन्दा बढिको निधन भएको छ ।