इन्द्रेणी निरन्तर दुःखी पीडितहरुको पिडामा मलम लगाउँदै


काठमाडौं, भदौ ३१।  कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्न्धीत व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार रहेको छ ।

१ सविन थापा धादिङ नसा सम्बन्धी २०,०००।

२ रमा थापा धादिङ हात भाचिएको १५,०००।

३. सन्जयलामा गोरर्खा खुट्टा भाचिएको १५,०००।

४ निर्मला पोखरेल उदयपुर स्तन क्यान्सर २०,०००।

५ राधिका लामा मकवानपुर मेरुदण्ड भाचिएको २०,०००।

६ भरत श्रेष्ठ भोजपुर टाउकोमा पानीजमेको १५,०००।

७ रेणुका खत्री ओखलढुंगा अपाङ १२,०००।

८ नर्गु शेर्पा खुट्टा भाचिएको १०,०००।

९ कुल बहादुर बली सल्यान बुवालाई क्यान्सर २५,०००।