टुकुचा खोला पछि बानेश्वरको थापागाँउमा मेयर बालेनले डोजर चलाए (पुरा भिडियोसहति)


काठमाडौं, भदौ ३१। दुई साता देखि काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भौतिक संरचनाहरु हटाउन थालेको छ । यता नक्सा पास एकातिर र निर्माण अर्कोतिर नियमविपरीत निर्माण गरिएको संरचना भत्काउन थालिएएको हो । बिहिबार मात्रै राजधानीको मुटु मानिने दरबार मार्ग नारायणहिटी दरबार नजिकैको जय नेपाल चलचित्र हलको पखार्ल भित्र डोजर चलाई टुकुचा खोला खोजीएको हो । महानगरले नक्सा अनुसार रेखाङकनका आधारमा डोजर चलाउँदा जय नेपाल हलको कम्पाउन्डमा करिव २० फिट खन्दा टुकुचा खोला भेटाएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको भन्दै स्थानीय प्राकृतिक सम्पत्ती बचाउ अभियानमा लागेका अभियान्ताहरुले उत्खननको माग गर्दै खोला देखाउन ताकेता गरेका थिइ । महानगरले गत साउन १२ गते सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । यो खोला अहिले भृकुटु मण्डपमा आएपछि मात्र देख्न सकन्छि । यो खोला बहन क्षेत्रमा ७ तलेसम्मा घरहरु निर्माण भएका छन् ।
त्यस्तै आज बानेश्वरको थापागाउँको अबैध रुपमा निर्माण गरिएको संरचना बिहानै भत्काइएको छ । पुरा भिडियोको लागि