राजधानीमा एमालेको पदयात्रा


काठमाडौं, असोज ०१ । नेकपा एमालेले सातौं संविधान दिवसको अवसरमा असोज १ गते उपत्यकामा पदयात्रा गरेको छ । पदयात्राको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली सहभागी यात्रामा उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट समर्थकहरुको पदयात्रा सहभागितामा भएको छ । सबैतिरका पदयात्रा शहीद गेटमा मिसिई वसन्तपुर पुगेर अध्यक्ष ओलीले सम्बोधन गरेपछि कार्यक्रमको समापन हुने छ ।