अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता


काठमाडौं, असोज ०१ । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाक उद्धार गरिएको छ । बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् ।