माओवादी विभाजनमै रम्ने किन जनयुद्धका सपना पुरा गर्न जुट्ने ?


१२ वर्षे जनयुद्धकालमा तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच केही वैचारिक मतभेद पैदा हुँदा पार्टी फुटको संघारमा पुगेको थियो । एकातिर जनमुक्तिसेनाको भिषण फौँजी प्रत्याक्रमणले तत्कालीन शाहीसत्तालाई तिब्र रुपमा ध्वस्त पार्दै गएको थियो । भने अर्कोतिर नेतृत्वमा पैदा भएको विवादले पार्टी फुट्ने त हैन ? भन्ने प्रश्न आन्तरिक रुपमा खडा भएको थियो । हाम्रा रगत पसिना र बलिदानको यो यात्रा यत्तिकैमा टुङ्गिने त हैन ? भन्ने पीर र चिन्ताले लाखौँ माओबादी नेता कार्यकर्ता र समर्थकहरु उदास बनेका थिए त्यो समयमा समेत ।

ऐतिहासिक रुकुमको चुन्वाङ् बैठकमा नेताहरुले गम्भिर आत्मसमिक्षा गरे । यही बैठकमा जनसांस्कृतिक समूहका कलाकारहरुले पार्टी फूट र वैचाारिक विचलन प्रतिको गीत प्रस्तुत गर्दा सबै नेताहरु धरधरी रोएका थिए । यही अजर र अमर गीत गाएर नेता कार्यकर्ता सबैलाई धरीधरी रुवाए । नेताहरुलाई अनुभुति भयो साँच्चै हामी पत्थरमा सुन्दर फुल फुलाउँने मान्छेहरु हौँ, हामी आँधी बनेर विश्व चिह्याउँने मान्छेहरु हौँ अनि हामी प्रिय जनताका ढुकढुकी बनिरहने मान्छे हौँ । टुटफुट र खण्डितका कुरा नगरौँ …

समय बदलियो शान्तिप्रक्रिया पछी फेरी पार्टी चिराचिरा बन्यो । यो बिडम्बनाको समयहरुमा माओबादी आन्दोलन दयनिय स्थितिमा गुज्रँदै आयो । जसको परिणामस्वरुप माओवादी शक्तिहरु आपसमा मिल्न नसक्दा जनयुद्धको भावना र राजनीतिक वैचारिक उद्देश्य अझैसम्म पुरा हुना सकेको छैन । जसको परिणाम स्वरुप २०६४ सालको पहिलो संविधानसभाबाट माओवादीको बहुमत हुदाँ हुदै पनि संविधान र शान्ति की विद्रोहको बाटो रोज्ने भन्ने रणनीतिकै कारण असफल भयो । फेरी २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा जनयुद्ध लडेका माओवादी नेताहरु तितरवितर भए माओवादी पार्टी तेस्रो भयो ।

जसका कारण माओवादीको एजेष्डा मोताविक संविधान निर्माण नभई सम्झौताको दस्तावेजको रुपमा २०७२ साल असोज ३ गते संविधान जारी भयो । माओवदी शक्तिहरुलाई एकढिक्का बन्न जति सुझाईरहेपनि एक हुन सकेन । प्रचण्ड अन्य दलको आश्रयमा पुग्दा पुग्दा दिक्क भए । २०७४ सालको संघीय निर्वाचनमा नेकपा एमालेसंग संयुक्त घोषणा पत्र मार्फत निर्वाचनमा गई नेकपा समेत समेत निर्माण भयो । तर त्यो एकता एक वर्षसम्म पनि टिक्न सकेन । नेकपा अध्यक्ष तथा प्रधाानमन्त्री केपी शर्मा ओलीले संसद दुई दुई पटक विघटन गरे ।

माओवादीका साथै आफ्नौ सहपाटी माधवकुमार नेपाल लगायतका नेतालाई ओलीले देख्न समेत चाहेन्न । जसको परिणाम सर्वोच्च अदालतले नेकपालाई पुर्व पार्टीको हैसियतमा माओवादी र एमालेका रुपमा विभानको कितामा पु–यो भने । एमाले समेत विभााजन भयो । ओलीले संसद विघटन गरेसँगै माओवादी, नेपाल? कांग्रेस, संघीय समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन जारी छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा समेत यी दलहरुबीच सहकार्य भयो । आगामी निर्वाचनमा समेत हुने निश्चित भएको छ ।

यता माओवादी शक्तिहरु शक्तिशाली हुदाँहुदै एक हुन नसकेको कारण सबै माओवादी विचारधाराका पार्टी अति कम्जोर बन्दै गएको सत्य हो । पछिल्ला समयमा भने जनयुद्धमा प्रचण्डका सारथी डा.बाबुराम भट्टराई माओवादीको चुनाव चिन्हामा निर्वाचन लड्ने घोषणा संगै मओवादीहरुमा केही शक्ति आजन भएको अनुभूति गरेका छन् ।

मुलुकलाई सहि दिशामा निदेश गर्ने हो भने माओवादीहरु फुटेर होइन फेर्री एक पटक जुटेर एकठाउँमा आउँने आधार तयार गर्ने पर्छ । सबै माओबादी शक्तिहरुलाई पनि एकतामा बाँधिएर जनयुद्धका उपलव्धी रक्षा गर्ने पर्ने समय आएको छ ।-यमन पौड्याल