पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज


काठमाडौं, असोज ०२ । जबरजस्ती करणी (बलात्कार)को आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज तनहुँ जिल्ला अदालतले सुनुवाइ गर्ने भएको छ । यसअघि भदौ १५ गते नै सुनुवाइ हुने भनिए पनि कारणवश असोज २ गते (आज) को लागि पेशी सरेको थियो ।

यसअघि सोही मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ गते पल शाहलाई बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो । तर सो अदालतले बलात्कार नभनेर ‘यौन दुरुपयोग’ भन्दै २ वर्ष ६ महिना कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना फैसला सुनाएको थियो । शाहविरुद्ध एकै मुद्दामा नवलपुर र तनहुँ जिल्ला अदालतमा जाहेरी परेको थियो । दुपै अदालतले समानान्तर रुपमा मुद्दा अघि बढाएका थिए । आज अर्को अर्थात तनहूँ जिल्ला अदालतबाट अभिनेता शाहलाई विनाधरौटीमा छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्ने शाहका वकिलले जानकारी दिए ।

उमेर नपुगेकी नाबालिकाले गत फागुन ११ गते अभिभावकमार्फत शाहविरुद्ध पटकपटक जबरजस्ती करणी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । त्यसयता उनी थुनामै रहेका छन्