ठूला दलले समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार बुझाउने


सत्तारुढ दल नेपाली कांग्रेसले सोमबार मात्रै समानुपातिक उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउने भएको छ। समानुपातिक उम्मेदवारहरुको सिफारिस सूची तयार गरेर बुझाएपछि संसदीय दलको केन्द्रीय बैठक बस्ने बताइएको छ।

त्यसअघि प्रदेश कार्यसमितिबाट सिफारिस भएका नामहरुको सूची केन्द्रले फेरि प्रदेश कार्यसमितिलाइ फिर्ता पठाएको छ। सर्टलिस्ट तयार गर्नका लागि सातै प्रदेश कार्यसमितिलाई जिम्मा लगाइएको छ।

प्रदेश कार्यसमितिहरुले प्रदेश संसदीय बोर्डको बैठक डाकेर सर्ट लिस्ट तयार गर्दै गरेको लुम्बिनी प्देश कार्यसमिति सभापति अमरसिंह पुनले जानकारी दिए। ‘बैठक बालुवाटारमै बस्ने भन्ने होइन, आफू अनुकुल बस्न सकिन्छ,’ उनले भने।

केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। अरु सदस्य मनोनित हुन बाँकी छ। २५ सदस्यीय समितिमा अहिले १४ जनामात्र छ्न्। बन्दसूची सच्याउने म्याद आयोगले आगामी असोज १६ गतेसम्म तोकेको छ।

प्रतिनिधिसभामा समानुपातिक सूची बुझाउन चाहने दलले कम्तीमा ११ जना उम्मेदवारको सूची बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ। बढीमा ११० जनासम्म बन्दसूचीमा नाम राख्न पाइन्छ। यता सतारुढ दल नेकपा माओवादी केन्द्रले समेत अझै नामावली तायर पारेको छैन । प्रदेशका आकाक्षी धेरै भएकाले समस्या भएको बताएको छ । आज कार्यदलले नाम तय गरेपछि सोमबार विहान बस्ने पदाधिकारी बैठकले नामको बारेमा टुंगो दगाउने छ ।
यस्तै नेकपा एमालेले समेत सोमबार नै समानुपातिक सांसदको उम्मेदवारको बन्द सुची बुझाउने भएको छ ।