विश्व शान्ति दिवशमा इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल सम्मानित


काठमाडौं, असोज ०५।  कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल विश्व शान्ति दिवस २०२२ बाट सम्मानित भएका छन् । राष्ट्रिय प्रेस क्लव नेपालले आफ्नो स्थापाना दिवसको ३९ औं वार्षिकोत्सव समारोहमा इन्द्रेणी कार्यक्रमका सञ्चालक समेत रहेका कंडेललाई सम्मान गरिएको हो । प्रमुख अतिथि पूर्व उपराष्ट्रपति प्रमान्नद झाले सबैलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरेका हुन । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित भएका सञ्चालक कंडेलले मुलुकमा संस्कृति र संस्कारको बचाउ गर्न सबै वर्ग र तहबाट लाग्नुपर्ने समय आएको बताएका हुन ।

समाजसेवाबाट मात्रै मुलुकका तमाव समस्याहरुको समाधान गर्न नसकिने भन्दै राज्य स्तरबाटै नागरिकहरुका आधारभूत समस्यालाई समाधान गर्ने गरी कामको सुरुवात हुनु पर्ने धारणा राखेका छन् । उनले सम्मान दरखास्त हारेर पाउनुपर्ने प्रचलनको अन्त्य गरी सर्वस्विकार्य रुपमा सम्मान भएमा मात्र त्यसको अर्थ भएको भन्दै सबै तह र नेतृत्वले मुलुक र नागरिकको हितमा मात्र गर्नु गरेमा मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताए ।कार्यक्रममा राष्ट्रिय प्रेस क्लव नेपालले साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले, कम्प्युटर वैज्ञानिक मुनी बहादुर शाक्यलगायतक शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कृषि, पत्रकाारिता, कलाकारीतालगायतका विषयमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ललितपुर जिल्लाका प्रसिद्ध देवीदेवताको परिचय पुस्तक समेत विमोचन गरिएको हो । वासुदेव कर्माचार्यबाट लिखित पुस्तक तेस्रो संस्करणको स्वरुप बजार प्रकासन भएको हो । यस पुस्तककमा ललितपुर जिल्लाका प्रमुख धार्मिकस्थल, पर्व, जात्रा र मेलाहरुको बारेमा प्राचिन सभ्यतादेखिकै विषयलाई समेटिएको हो ।