जेव्रा क्रसिङ गाडीले ठक्कर दिदां गजुरीमा विद्यार्थीको मृत्यु, राजमाग अवरुद्ध


काठमाडौं, असोज ०६। पृथ्बी राजमाग अन्तर्गत धादिङको गजुरीमा सवारी साधनले जेव्रा क्रसमा विद्यार्थीलाई ठक्कर दिदा मृत्यु भएको छ । विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले राजमागमै प्रदर्शन गरेका छन् ।गजुरी बजारमा रहेको आदर्श माद्यामिक बिद्यालयका विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिदाँ निधन भएको हो ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा अवरुद्ध भएको छ । घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको ।