रुकुममा बस दुर्घटना, ४ जनाको मृत्यु


रुकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका– ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोट जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।

उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको दुर्घटनाको कारण बारे अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।