विजयादशमीको टीका कुन देशमा कति बजे लगाउने ?


अन्तर्राष्ट्रिय पञ्चाङग निर्णयक समितिले विभिन्न देशका लागि दशैंको टिकाको शुभ सााइत तयार पारेको छ । विभिन्न देशमा रहेका हिन्दु नेपालीलाई दशैंको टीका कतिबेला लगाउने भन्ने विषयमा एकरुपता आयोस भनेर साइत तयार पारेको हो । नेपालमा दिउँसो भएको समयमा अन्य देशमा राति र समय फेरवदल हुन्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरुको लागि टीकाको साइत कतिबेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको हो ।

समितिले नेपालसँगै भारत, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, नर्वे, मलेशिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, इजरायल, सिंगापुरलगायतका देशमा कहिले र कुन समयमा विजया दशमीको टीका लगाउने भनेर साइत सार्वजनिक गरेको हो ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखेकोले स्थानीय समयसहित आफूहरुले साइतबारे जानकारी दिएको समितिले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।