दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला


काठमाडौं, असोज ०७। करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।