बजेट रकमान्तर निकासाबारे जवाफ दिन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन


काठमाडौं, असोज ०७। निर्वाचन आयोागले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणा भएपछि साउन १९ गतेयता रकमान्तर र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारे २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको बताउनुभयो ।

आयोगदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायमा के कति रकम कुन–कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थसचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेस गर्न निर्देशन दिएको छ ।’’ स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक् तरिकाले नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।