उममेयर सुनिता डंगोल बजार अनुगमनमा


काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चाडपर्व लक्षित बजार अनुगमनमा सक्रिय भएकी छन् ।उपेमयर डंगोलसहित महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीले मंगलबार बिहान टुकुचास्थित तरकारी बजार, खाद्यान्न र मासु पसलको अनुगमन गरेका छन् ।

टोलीले सामानको बिल, सामानको उत्पादन मिति लगायतको जाँच गरेका हुन । उममेयर सुनिता डंगोलले बजार अनुगमन नियमित हुने दाबी गरेकी छन् । उनले अखाद्य वस्तु बिक्री गरे हतकडी समेत लगाउने चेतावनी दिइन्।
बजारमा जथाभावी मुल्य कामय हूदाँ सर्वसाधारण मर्कामा परेको भन्ने व्यापक गुनासो आएपनि महानगरपालिका अनुगमनका सक्रिय भएको हो ।