काठे अवार्ड इन्द्रेणीका सञ्चालक कंडेललाई


सुनखरी मल्टिमिडिया फाउन्डेसन प्रा.लि.ले कृष्ण कंडेल इन्द्रेणी फाण्डेशनका अध्यक्ष कृष्ण कंडेललाई सम्मान गरेको छ ।

लोक दोहोरीको क्षेत्रमा उच्च योगदान पुराउन सफल भएका भन्दै इन्द्रेणीका सञ्चालक समेत रहेका कंडेललाई सम्मान गरेको हो । दोस्रो राष्टिय काठे लोक दोहोरी अवार्ड एक समारोहका बीच राष्टिय नाच घर जमलमा प्रदान गरिएको हो । कंडेल दुुई दशकदेखि निरन्तर रुपमा लोकदोहोरी क्षेत्रको विकास तथा प्रचार प्रसारका साथै पुराना लोक भाकाहरुको प्रवद्र्धन एवम उजागरका लागि लागि परेका छन् ।