लाल मोहम्मद हत्या घटना : तीन जना पक्राउ !


काठमाडौं, असोज १४। काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा केही व्यक्ति पक्राउ पक्राउ परेका छन्। उनीहरुलाई आज दिउसो पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको थियो। प्रहरीले उनको हत्यापछि बाराबाट दुई जना पक्राउ गरेको थियो। उनीहरु मध्ये एक जनालाई आज सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ। ‘स्रोतका अनुसार ३ जनालाई सार्वजनिक गर्ने तयारी गरेको हो।