अफगानिस्तानको परीक्षा केन्द्रमाा विस्फोट, १९ जनाको मृत्यु


अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो ।

यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूहले जिम्मा लिएको छैन । तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ ।