सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे


काठमाडौं, असोज १५। सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ। सल्यानकाे कुमाख गाउँपालिका- ७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेकाे रा १ ज ७९८ नम्बरकाे जीप जिमालीमा दुर्घटना भएकाे हाे।

ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मानबहादुर पुन रहेका प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा घाइते भएकाहरुकाे उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएकाे प्रहरीले जनाएकाे छ ।