बारामा बस दुर्घटना, १६ जनाको मृत्यु, प्रभु साहबाट दुुःख व्यक्त


बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृतक सबैको सनाखत हुन बाँकी छ ।

इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६(००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।

प्रभु साहबाट दुुःख व्यक्त

यसैबीच रौतहट क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा पूर्व मन्त्री प्रभु साहले दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् ।
विकास प्रेमी युवा नेता साहले सामाजिक सञ्जालमा मार्फत लेखेका छन्, नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको बा। ०६.००१ ख ०११० नम्बरको बस आज बिहान बारा जिल्लाको जितपुर सिमरा २२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना हुँदा १६ जनाको निधन भएको खबरले दुःखी भएको छु । यस दुर्घटनाका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्दछु ।