प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी मनोनयन दर्ता आज


मंसिर ४ गते घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आज हुदैछ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन सकिने छ ।
निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने बताएका हुन ।
उम्मेदवारी दर्ताका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गरेको छ । प्रतिनिधि सभाका १६५ सिट र प्रदेशसभाका ३३० सिटका लागि निर्वाचन हुदैछ ।