मानुषी भट्टराई यमी काठमाडौं ७ बाट उम्मेदवारी दिने, गोरखा बाबुरामले प्रचण्डलाई छाडे


युवा नेत्री मानुषी काठमाडौैं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गर्ने छिन । माओवादी केन्द्रबाट मानुषीले टिकट पाएकी हुन । नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषीले काठमाडौं ७ बाट टिकट लिइसकेको बताएकी छने ।

माओवादी केन्द्र र नेसपार्टीले हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति गरेको थियो । युवा नेत्री उनी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी समेत रहेको माओवादीले काठमाडौं ७ बाट उम्मेदवार बनाएको हो ।

 

भट्टराई पक्षका महिन्द्रराय यादवलाई माओवादीले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । नेसपामा रहेका मानुषी र महिन्द्रले टिकट पाएका निर्वाचन क्षेत्र सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रले लिने सहमति भएको थियो ।

मानुषीले आफूले टिकट लिइसकेको र उम्मेदवारी दर्ताको तयारीमा रहेको बताइन् । उनले यसअघि घरदैलो कार्यक्रमसहित चुनाव प्रचारप्रसार सुरु गरिसकेकी थिइन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने निर्वाचनमा भाग नलिने बताइसकेका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालमा निर्वाचित भएका उनले यसपटक संसदीय राजनीतिमा सहभागी नहुने बताएका हुन् । क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्ेका छन् । प्रचण्ड र बाबुराम सहभागी भई गोरखा गोरखाबाट प्रचण्डको उम्मेदवारी दर्ता हुुने छ । चितवन क्षेत्र नम्बर ३ मा २०७४ सालको निर्वाचनमा विजयी प्रचण्ड यस पटक भने गोरखामा पुुगेका हुन ।

२०६४ सालमा रोल्पा र काठमाडौं १० दुवै क्षेत्रमा विजयी भएका प्रचण्ड २०७० सालमा काडमाडौंमा पराजित भएका थिए भने सिरहाबाट विजयी भएका थिए ।
यता २०६४ सालको निर्वाचनमा काठमाडौं ७ बाट हिसीला यमी विजयी भएकी थिइन भने अहिले सोही क्षेत्रमा छोरी मानुुषिको प्रवेश भएको हो ।
देशै भरी युवा नेताहरुको राजनीतिमा निकै आर्कषण बढ्दै गएको छ ।