कालिकोटमा पहिरोमा परि १३ जनाले ज्यान गुमाए


मुलुकका विभिन्न स्थानमा बेमौसमी बर्षा हुदाँ ठूलो धनजनको क्षति भएको छ ।हिमाली क्षेत्रहरुमा भएका वर्षाका कारण अधिकाश स्थानमा पहिरो जानुका साथै भौतिक पूर्वधारको समेत सम्बन्ध विच्छेद भएको छ । कालिकोटको तिलागुफा नगरपालिका ४ राचुल्लीमा पहिरोमा परि १३ जनाले ज्यान गुमाएका छन् ।

पहिरोमा परि वडा अध्यक्ष पर बहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रजंग शाही, खगेन्द्र शाही रहेका छन् । यस्तै धन बहादुर शाही, कालि बहादुर शाही, भेस बहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, मान बहादुर शाही, मोतिलाल शाही, नरेश शाही र प्रसान्त शाहीको ज्यान गएको छ ।