स्वतन्त्र उम्मेदवारले आज चुनाव चिह्न पाउने, कसरी दिइन्छ चिन्ह ?


निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई आज चुनाव चिह्न वितरण दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् ।

चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन । चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

दलका उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउने भए पनि स्वतन्त्रले भने आयोगले तोकेको मध्येबाट निर्वाचन चिह्न छान्नुपर्ने छ । एउटै चिह्नमा दुई उम्मेदवारको दाबी भएमा नेपाली वर्णानुक्रमका आधारमा प्राथमिकता दिइने छ ।