मनाङबाट दिपक मनाङे निर्विरोध निर्वाचित


मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । सो क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय भनि गरिसकेको छैन ।

जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले दोर्जेले उम्मेदवारी फिर्ता गर्न निवेदन दिएको पुष्टि गरेका छन् । उनले भने (‘मनाङ ‘ख’ मा मनाङे र दोर्जेको उम्मेदवारी परेको हो । दोर्जेले उम्मेदवारी फिर्ताका लागि बुधबार १० बजे निवेदन दिएका छन् । निर्णय केही समयपछि हुँदैछ ।’
गण्डकी प्रदेश सरकार परिवर्तनको समयमा मनाङगे निर्णयक बनेका थिए ।