बागमती प्रदेशमा डेंगु सङ्क्रमणमा २१ जनाको मृत्यु


बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार ७५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौं सबैभन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ । काठमाडौंमा ११ हजार ४६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६०४, भक्तपुरमा दुई हजार १०८, चितवनमा एक हजार १६९, धादिङमा ६३८, काभ्रेमा २१५, नुवाकोटमा १३१, सिन्धुलीमा ११३, रामेछापमा १२५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेंगु रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ ।

त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ । काठमाडौंमा सात, सिन्धुली र रामेछाप तीनरतीन, ललितपुर, मकवानपुर र चितवनमा दुईरदुई, भक्तपुर र धादिङमा एकरएक जनाको मृत्यु भएको छ ।