बर्मेली शरणार्थीलाई इन्द्रेणीबाट राहात वितरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत राजधानीको लसुनटार, कपनमा बसोबास गर्दै आएका रोहिङ्गा बर्मेली शरणार्थीहरुलाई राहात वितरण गरेको छ । बर्मेली शरणार्थी स्थलमै पुगी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले राहात वितरण गरेका हुन । ७० बोरा चामल र ७० पोका तेल उनीहरु बसोबास गर्ने स्थलमा पुगेको वितरण गरिएको हो ।

चाडपर्वको समयमा उनीहरु काम बिहिन भएकाले खानपानमा समस्या भएपछि राहात वितरण गरिएको इन्द्रेणी कार्यक्रम सञ्चालक समेत रहेको कंडेलले बताएका छन् । बस्तीका बुढाबुढि, सुत्केरी तथा बालबालिका राहात पाएसंगै केही दिनका लागि आफुहरुको भोक छोपिएको भन्दै कृष्ण कंडेलप्रति आभारी रहेको बताएका हुन । फाउण्डेशनले समस्या परेका जो कोहीलाई पनि मुलुकभर सहयोग गर्दै आएको छ ।

सेवा, सन्देश र मनोरञ्जनका साथ उपचारमा समस्या परेका, दैविक प्रकोप पीडित, सडक मानव, बेसाहारा बालकालिका, बृद्धाश्रम, गौशालालगायतकाा क्षेत्रमा विभिन्न स्वदेशी तथा विदेशमा बसोवास गर्न नेपालीको मार्फत प्राप्त भएको रकम सहयोग गर्दै आएको छ । विगत १५ वर्प देखिको अभियानबाट लाखै मानिसहरुले केही हतसम्म भएपनि सेवा लिएका छन् । हुनेले दिने नहुनेले लिन अभियानै सञ्चालन गरि यस फाउण्डेशनले काम गर्दै आएको छ ।