पर्यटकीय क्षेत्र कास्कीको मट्टिखानमा इन्द्रेणी कार्याक्रम छायांकन (फोटो फिचर)


पर्यटकीय क्षेत्र कास्की पोखराको सुन्दर मट्टिखान क्षेत्रको ५ स्थानवाट देखिने सुन्दरतालाई प्रचार गर्न लोकप्रिय इन्द्रेणी कार्यक्रम मार्फत छायांकन सम्पन्न भएको छ । इन्द्रेणीको टीमले यस क्षेत्रमा रहेका होम स्टेदेखि कृषि फमसम्मको अवस्थाको बारेमा सांगितिक रुपमा छायांकन गरेको छ । अयरपानी होम स्टेमा वास बसी स्थानीय कला संस्कार र संस्कृतिको बारेमा थप बुुझेको हो ।
पोखरा र फेदिखोलाको सिमास्थित रमणीय मट्टिखानक्षेत्र र यहाको ५ ठाँउवाट देखिने सुन्दरतालाइ इन्द्रेणी कार्यक्रम मार्फत छायांकन हुने छ । यहाँ छायांकन भएका कार्यक्रम टेलिभजन र इन्द्रेणी युट्युवमा हेर्न सकिन्छ ।